(१८, भाद्र २०८०)
काठमाडौं, नेपाल क्लियरिङ्ग हाउसको मिति २०८०÷०५÷१७ को संचालक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत श्री अमित श्रेष्ठज्यूूलाई संचालक पदमा नियुक्त गरिएको छ । यसअघि संचालक रहनु भएका रिलायन्स फाइनान्सका श्री समाज प्रकाश श्रेष्ठज्यूको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त रहेको थिए । श्री अमित श्रेष्ठज्यूको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढिको अनुभव रहेको छ ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।
थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोस्