राजा बीरेन्द्रको शालिकमा माल्र्यापण, सम्पदालाई संरक्षण गर्नु नै प्रतिष्ठानको मुख्य लक्ष्य
काठमाडौं, १४ पुस । शान्तिप्रेमी राजा बीरेन्द्र बीरबिक्रम शाहादेवको स्मरण गर्दै ७८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्व राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले बिहिबार जावलाखेल स्थित राजा बीरेन्द्रको शालिकमा माल्र्यापण र दीप प्रज्वलन गरि बीरेन्द्रको ७८ औं जन्मजयन्ति मनाएको हो ।
स्व.राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले आज नेपाल शान्ति क्षेत्र घोषणाका प्रस्तावक राजा बीरेन्द्रको ७८औं जन्मजयन्तीको अवसरमा देशमा स्थायी शान्तिको कामना सहित विगत वर्षमा जस्तै जवलाखेल स्थित राजा बीरेन्द्रको शालीकमा माल्यार्पण तथा दीप प्रज्वलन गरेको छ ।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा लिने गरेको छन् ।
स्व.राजा बीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर थिए भन्ने कुरा इतिहासले नै सावित गरेको छ । उहाँले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका थिए । उहाँको प्रतावलाई ११६ राष्ट्रले हस्ताक्षर गरेको र केहि राष्ट्रको विरोधको कारण यसले सार्थकता नपाएको प्रष्टै छ । उहाँको निधनसंगै यस विषयले प्रसय पाएको छैन । राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मुल्यांकन गरि देशमा शान्ति र अमन चयन राख्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ भन्ने प्रतिष्ठनको ठहर छ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बीरेन्द्र शान्ति प्रतिष्ठाका अध्यक्ष शिबहरि खनालले देशमा स्थायी शान्तिको पहल गर्दै राजा बीरेन्द्रले गरेका कार्यलाई निरन्तर्ता दिने काममा सरकार तथा सरोकारवाला निकायलाई झकझकाउने कार्यमा प्रतिवद्ध रहेको बताए । उनले राजा बीरेन्द्रको सम्पदालाई संरक्षण गर्नु नै प्रतिष्ठानको मुख्य लक्ष्य भएको बताए ।