नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद हिजो दिउँसो सुटुक्क काठमाडौं झरेका छन् । उनी श्रीमतीसहित निर्वाचनको मतपरिणाम आइरहेको समयमा नेपाल आएका हुन् ।

हिजो दिउँसो साढे ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लेका सुद सोझै ललितपुर रहेको विनोद चौधरीको होटल भिभान्तामा गएका थिए ।उनी आउनुको मुख्य कारण नेपालमा भावी सरकारको बारेमा चासो रहेको बुझिएको छ। विनोद चौधरीको होटलमा बसेका उनको चौधरीलाई आउने सरकारमा बलियो मन्त्रालय दिन लबिङ गर्ने देखिन्छ ।