एमालेमा ओलि पछिका नेता मानिने र भावी प्रधानमन्त्रीका उमेदवार ईश्वर पोखरेललाई दोस्रो बामदेव बनाइएको छ। ईश्वर पोखरेलले हार्ने भएपछि एमालेमा ९ रेक्टर स्केलको भुकम्प गएको बुझिएको छ ।आफ्ना उमेदवार जिताउन साइबर सेना प्रयोग गरेका एमाले अध्यक्ष ओलिले आफ्नै उपाध्यक्ष हराउन भुस सेना प्रयोग गरि पोखरेललाई दोस्रो बामदेव बनाइने बुझिएको छ । यो हुनुको कारण आफुलाइ  टक्कर दिने र प्रधानमन्त्रीमा दावी गर्ने ईश्वरको भित्री मनसाय बुझेर उनलाई हराउन भित्रभित्र आफ्ना भुस सेना खटाइएको बुझिएको छ। काठमाडौं–५ एमालेको गढ मानिएको स्थान हो।

यस अघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण मतहलाई झन्डै १० हजार मतको अन्तरले पराजित गरेका थिए। २३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।

यसपटक भने नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा सदस्यमा जित हात पारेका छन ।

गत आइतबार सम्पन्न मतदानमा काठमाडौं–५ मा ४५ हजार ९८७ मत खसेको थियो। मत गणनाको पछिल्लो परिणामअनुसार पौडेलले जितेको घोषणा हुन मात्र बाकी रहेको निर्वाचन अधिकृतले बताएका छन ।