धनगढी- कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिइएको छ।

आज बिहान अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ। उनलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टले बताए।

पक्राउ पर्नेमा सोही स्थानका शेरबहादुर लामा र दीपेन्द्र विक रहेका छन्। भट्ट निवासमा नभएको समयमा उनको घरमा पुगेर धम्की दिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुबै जना पूर्वलडाकु हुन्।