सोमबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा उनको अक्सिजन लेभललगायत सबै भाइटलमा सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । यद्यपि तत्कालै भेन्टिलेटरबाट निकाल्ने अवस्था भने नरहेको उनीहरुको भनाइ छ ।