सेवा निमृत प्रमुख भेटेनरी जनसस्वाथ्य कार्यालय त्रिपुरेश्वर
जलजायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रिभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्त्ति प्राप्त हुन्छ र यहि सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सुर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुःन अन्तरीक्षमा फिर्ता पठाउँछ । जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारण वश विकिरणको लेनदेनमा घटबढ हुनुगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । पछिल्लो २०० वर्ष म मिथेन नाइट्रस अक्साइड कार्बन डाइअक्साइट जस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ र परिवर्तन विकिरणहरु वायुमण्डलमै रोकिन्छ पृथ्वीको तापक्रम वृद्धि हुदै छ हरितगृह ग्यासका प्रमुख स्रोतहरुमा वनजङ्गलको विनास कोइला खनिजजन्य इन्धनको अत्याधिक प्रयोग औद्योगिकीकरण आदि जस्ता क्यिाकलापहरु पर्दछन् । जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्छ ।
सन १९६० दश पछि पृथ्वीमा भएको द्त औद्योगिक विकास तथा जनसङख्या वृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरु बताउछन । मुलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङगलको विनास भै त्यसको ग्यास अवशोषण गर्ने सिडकको कमीले भुमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ । कोइला, खनिज, तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डल बढी कार्बन डाइअक्साइड पुग्दछ । जङ्गल फँडानी र भू–क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ । र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृत ग्याससमेत सिर्जन भइरहेका हुन्छन् पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले वृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि गरेका छन्
विश्वव्यापीरुपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरितगृह ग्यासको प्रमुख कारक रुपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरुले यसलाई खत्नसक्ने हैसियत प्रात्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ ।
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ । फलस्वरुप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ । हिमालय क्षेत्र नजिकको भू– भागमा मात्र होइन, यसको नकारात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ ।
हिमनदी विव तापमान वृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन् । तिनीहरुको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । साविकको समय भन्दा पहिले बिरुवामा फूm लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइन्छ । यसले गर्दा पन्क्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुन गइ सिङ्गो पारिस्थितिक प्रणालीमा नै खनल हुने सम्भावना बढेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिङ्गा र लामखुट्टेजस्ता रोगबाहेक किरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराइमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिँउ पग्लने क्रममा विस्तारै हुँदै तिव्रता उन्मुख छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुन गइ व्यापक बसाई सराइ देखापर्ने निश्चित छ र यसको सुरुवात भइसकेको पनि छ । उदाहरणको लागि वर्षाको प्रकोर तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन् । पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स–साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ । यसैगरी तापक्रमको वृद्धिसँगै झिङ्गा तथा लामखुट्टेको पनि वृद्धि भई मलेरिया, पर्हेलो ज्वरो, डेङ्गु, इन्सेफलाईटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ । तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकारात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अवस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप दक्षताको अभावका कारण कृषक थप मारमा नेपालमा प्रतिवर्ष ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा बढी हो । त्यसमा पनि उच्च् पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । हिमतालको निमार्ण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । नेपालमा २० वटा त्यस्ता खतरानाक ताल छन् जो कुनैपनि बखत फुट्न सक्दछन् । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाई बेहोर्न सक्दछ । उदाहरणका लागि, दक्षिणपूर्व एसियामा करिब २२ करोड १० लाख जनसङख्या गरिबीको रेखामुनी रहेको छ । यस क्षेत्रका गरिब खासगरी सामुद्रिक तटीय क्षेत्र र होचो भू–भागमा बसोबास गर्दछन् । यी गरिब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमीन छ अथवा यिनीहरु ज्याला मजदुरी र सामुद्रिक निर्भरताबाट जीविका चलाउँछन् । यिनीहरु जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरुको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामाना गर्ने गरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति थोरै वा विल्कुलै दक्षता, सीप र पहुँच पुग्दैन ।
हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बन डाइअक्साइडको अत्यधिक उत्पादका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिब ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ । यसबाट के दखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिर्णत गर्नका लागि बहुत् रुपमा वृक्षरोपनको अभियान चलाउनुपर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रुख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै लाभ हासिल गर्न सक्र्छौ । त्यसैगरी, सडकको दायाँ– बायाँका किनारामा वृक्षरोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिर्जन पनि उत्पादन हुन्छ ।
यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्ण वरदानका रुपमा पाएका सुन्दर हिममात र नदीनाला यिनीहरु कालान्तरमा सङ्कटमा पर्ने निश्चित छ । त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा सङ्कटको सामना गर्नुपर्ने छ । हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहका कारण ती शृङ्खला फोहोरमैला र प्रदुषण बढेको छ । उसलाई हामीले व्यवस्थित गर्नुपछृ र चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यतिकै ध्यान दिनु सरेको छ । लगातार रुपमा चुरे पर्वत शङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भु– सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देश भरिनै वातावरण मैत्री सावैजनिक यातायत प्रणालीको विकास गरि प्रत्येक घरमा उर्जा वबचतको प्रविधि लागु गर्नु पर्दछ । र सम्पुर्ण उद्योगलाई कम मार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ । यसैगरि विद्यालयको सम्पुर्ण तहमा वातावरण शिषाको पाठ्यक्रम समावेश गनु र भएका पायठ्क्रमको अध््यावधिक र स्तरीकरण गरिनु जरुरी छ । हरितगृह ग्यास उत्पादन कमी ल्याउन वैकल्पि उर्जाको प्रयोग उपाय हो । त्यसैले आजैदेखि ऊर्जाको रुपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविधुत, सौर्यशक्त्ति, वायोग्यासको उपयोगमा वृद्धि गर्ने आवश्यक छ ।
विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य उत्सर्जन गरे पनि तापक्रम वृद्धिका कारण वातावरणमा क्रमश बहुआयामिक असर देखा परिरहेको छन् । सन २००७ को जलवायु परिवर्तन सम्बन्धि अन्तरसरकारी कायृ दल र सन २००९ मा जल वायु परिवर्तन सम्ब्न्धि कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्व भरिको जलवायुको तथ्याङकलाई आधार मान्दै विश्वको तापक्रम बढ्ै गएको वर्षमा थपघट भएको र विश्वका विभिन्न ठाँउमा यसका असर देखा परेको कुनै कुरा वैज्ञानिक रपमा पृष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्र अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थित भयावह हुने कुरालाई इङगित गरेको छ । तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानिय राष्ट्रिय रअन्तराष्ट्रिय स्तरमा प्रयासको खाचो टडकारो देखिएको छ ।
(