काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा पूर्व कप्तान पारस खड्का  सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

आज सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेलाई अध्यक्ष र पारसलाई सदस्यमा निर्वाचित गरेको हो।

उपाध्यक्षमाअजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन्।सदस्यहरूमा पूर्वकप्तान खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुङ्गेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा,हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन्।