नेपाली काँग्रेसका नेता तथा सांसदहरु प्रचण्डको साथमा रहेको सार्बजनिक कार्यक्रममा बोल्न थालेका छन । यसैक्रममा देउवा इतरक समुहका डा.चन्द्र भण्डारीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाको व्याख्या गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु र नखोज्नुलाई गत पुस पहिलो साता नेपाली काँग्रेसको तर्फबाट भएको महाभूल हो भनेका छन् ।

उनले त्यो बेलाको भूलको चर्चा गर्दै वर्तमान सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने ठोकुवा गरेका छन् । भण्डारीको भनाइ छ, ‘ऊ बेला जानिएन । अहिलेको परिदृश्यमा सत्ता गठबन्धन लामो समयसम्म टिक्ने सम्भावना छैन ।’ भण्डारीले पनि काँग्रेसका अन्य नेताले झैँ राष्ट्रपतिको चुनावपछि एमालेको पहलमा गठन भएको वर्तमान सत्ता गठबन्धन नटिक्ने दाबी गरेका हुन् । चुनावमा माओवादीले एमाले उम्मेदवारलाई समर्थन नगर्ने आकलनमा अन्यको झैं भण्डारीको पनि उक्त भनाइ सार्वजनिक भएको बताइन्छ ।