सरकारले जेष्ठ १५ गते आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ।

प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन्।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक जेष्ठ १५ गते अपरान्ह ६ बजेका लागि बोलाइएको छ।नागरिक  दैनिक बाट