इटहरी उपमहानगरपालिकाका नागरिकले झन्डै ५ वर्षअघि आएको बाढीले पुर्‍याएको क्षति बिर्सिएकै थिएनन्, त्यसमा फेरि गत कात्तिकमा आएको वेमौसमी वर्षा र बाढीको असर थपियो। २०७४ मा आएको बाढीका कारण इटहरीमा ९ जनाको मृत्यु भएको थियो। गत वर्षको बाढीले ४ जनाको मृत्यु भयो भने अरु धनको क्षति हुन पुगेको थियो।

बर्खा लाग्नै लाग्दा वैशाख ३० गते भएको चुनाबबाट चुनिएर आएका जनप्रतिनिधिसँग इटहरीबासीको एउटै आसा छ, बुढीखोला र शेरा खोलामा तटबन्ध। स्थानीय जनप्रतिनिधीसँग इटहरीबासीले खोलामा तटबन्ध निर्माणको आशा गरेसँगै इटहरी उपमहानगर क्षेत्रमा डुबान र बाढीको समस्यालाई दिर्घकालीन समाधान गर्न अध्ययन सुरु गरिएको छ।

आकाशबाट परेको पानीले क्षणभरमै बजार डुबान हुने र टेङग्रा, शेरा तथा बुढी खोलाबाट मानव वस्तीमा प्रवेश गर्ने बाढीलाई समाधान गर्न मेयर हेमकर्ण पौडेल नेतृत्वको टोलीले अध्ययन थालिएको हो। पौडेलले शनिबारबाट डुबान र बाढी प्रभावित क्षेत्रको अनुगमन गरे। मेयर पौडेल नेतृत्व टोलीले बजार र टोल क्षेत्रमा रहेका नयाँ तथा पुराना ढलको निरीक्षण गदै त्यसको सफाई पहिलो प्रथमिकता रहेको पनि औल्याएको छ। साथै इटहरीको मुख्य चौकमा निर्माणाधिन ६ लेन सडकको ढल पानी निकास हुने व्यवस्थित नभएको कारण चौक र सडक मार्गमा पानी जम्ने गरेको निरीक्षणको क्रममा देखिएको जानकारी दिइयो।

यहाँ ढलमा जथाभाबी फालिएको फोहोरका कारण पनि ढल जाम हुने गरेको पाइएको छ। इटहरीको पुरानो समस्या डुबान र बाढी नियन्त्रणको लागि मेयर पौडेलले देखाएको अग्रसरताप्रति घरदैलोको सरकार मानिएको स्थाननीय सरकारसँग नागरिकहरु आफ्ना माग पूरा हुनेमा आसावादी रहेका छन्।

चुनाब अघि राजनीतिक दलले पनि यो बिषयलाइ एजेण्डा बनाएका थिए, अब जितेर आएपछि त्यसलाइ पूरा गर्नेमा नागरिक विश्वस्त छन्। विशेष गरि ३, ४ , ९ र १० नम्बर वडाका नागरिक बाढीको उच्च जोखिममा भएपनि इटहरी उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ९, १०, ११ र १२ छन्। रेटक्रस सुनसरीको तथ्याङ्क अनुसार इटहरी उपमहानगरपालिकामा सात हजार ४१७ घरघुरी बाढीको जोखिममा छन्। वडा नं. १० का बाढी पीडित डिल्ली दाहाल अब पनि निर्वाचित जनप्रतिनिधीले बाढी पीडितका माग पूरा नगरे पाँच वर्षपछि पत्तासाफ हुने चेतावनी दिए।

मेयर पौडेलले शनिबार नै इटहरी नगरस्तरिय बिपद व्यवस्थापन समितिको बैठक समेत बोलाएर वातावरण महाशाखा प्रमुख पुष्पनारायण चौधरीको नेतृत्वमा विपद् व्यवस्थापन समितिको पूर्व तयारीको लागि रेस्पोन्स टिम निर्माण गरेको छ। जसमा सवै वडाका अध्यक्ष र सुरक्षा निकायका प्रमुख सदस्य रहनेछन्। उपमहानगरले बिपद व्यवस्थापनको लागि आबश्यक बजेट छुटउने समेत निर्णय गरेको मेयर पौडेलले जानकारी दिए।

यहाँ २० वटा वडा रहेको इटहरीमा १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। उपमहानगरमा नेपाली काँग्रेस र नेकपा एमाले पार्टीका जनप्रतिनिधिले जितेका छन्। जसमा मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेले जितेको छ। वडाहरूमा नेपाली काँग्रेसले पाँचवटा जितेको छ। नेकपा एमालेले १४ वटा वडा जितेको छ। एउटा वडामा भने एमालेबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका वडाध्ययक्षसहित प्यानल नै विजयी भएको छ। जुन दलका प्रतिनिधि आएको भएपनि आफ्ना समस्या समाधान हुने आसा नागरिकको रहेको छ।

इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं। वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन्। तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गथ्यो। तर, पछिल्लो समय खेतीयोग्य जमीनलाई टुक्राटुक्रा पारेर प्लर्टिङ् गरि क्रक्रिटका घरहरु निर्माण गर्दा निकासको समस्या रहेकाले गर्दा दुई/तीन दिन निरन्तर पानी पर्दा वस्ती डुबानमा पर्ने गरेको छ।राजधानी दैनिक बाट