मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादीका बद्रीबहादुर स्याङ्तान अध्यक्षका उमेदवार छन् । उनी गठबन्धनका तर्फबाट उमेदवार बनेका हुन् ।

प्रारम्भिक मतगणनाअनुसार उनले अहिलेसम्म ४०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् ।