NCHL-ECC र NCHL-IPS प्रणालीको कारोबार समय सीमामा फेरबदल, अब चेक ४ बजे सम्म र भुक्तानी आदेस ५ बजे सम्म पेश गर्दा सोही दिनमा फर्छ्यौट हुने

काठमाण्डौ,नेपाल सरकार र सर्वसाधारण समेतलाई विद्युतिय कारोवार गर्न थप प्रोप्साहन र प्रर्वद्घन गर्न नेपाल राष्ट्र बैंकले हालै च्त्न्क्को समय सीमा थप गरेको परिपेक्षमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (ल्ऋज्ी)द्धारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) र अन्तरबैंक भुक्तानी प्रणाली (NCHL-IPS) का कारोबार र समय सीमा समेत परिवर्तन गरिएको छ । साथै शनिबार र आइतबार हुने सार्वजनिक बिदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरु शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी यहि मिति ०३ जेष्ठ २०७९, मंगलबारको दिन देखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको छ ।