जलवायु परिबर्तनका वारेमा २०५० एव यस शताव्दीको अन्त का लागि जारि गरिएको अनुमान आज हाम्रो लागि टाढाको कुरा लाग्ला तर विचार गर्ने हो भने भविष्यमा हाम्रो बर्तमान पुस्ताले यस आउने बिनाशकारी जोखीमहरु झेल्नका लागि बिवस हुनेछन । यो चेतावनी जलवायु परिवर्तनमा अन्तर सरकारी पैनल द्धारा जारीगरिएको छैठौ मुल्याङकन प्रतिबेदन “क्लाइमेट चेन्ज २०२२ः इम्प्याकटस अडाप्टेशन एण्ड वल्ने रेविलिटी ” मा दिइएको छ । समस्या कती गंभीर छ यस्को अनुमान हामी यस कुरा बाट लगाउन सक्तछौ कि यदि तापमानमा २ डिग्री सेल्सियसले बृद्धी हुन्छ भने विश्वमा करीब ३०० करोड मानीसहरु पानीको गंभीर समस्या बाट प्रभावीत हुने छन जबकी ४ डिग्री सेल्सियस तापनमा यो तथ्याङक बढेर४०० करोड भन्दा माथी पुग्नेछ । खडेरी एवं पानीको यो समीया कती गम्भीर छ यस्को अनुमान हामी आजैबाट लगाउन सक्तछौ जब विश्वका कैयौ शहरहरु एवं देश यस समस्या बाट उन्मुक्ती पाउने समाधान खोज्दै छन जस्मा हाम्रो आफनै देश पनी सम्मीलीत छ भन्दा हुन्छ । प्रतिवेदनका अनुशार दक्षिण अमेरीका जस्ता महादिप यसबाट गम्भीर रुपले प्रभावीत हुनेछ । जहाँ यस्ता दिनहरुको संख्या कतै धेरै बढने छ जब समुदायहरुले पानीको कटौती एवं त्यसको कमीको सामना गर्नु पर्नेछ । विशेष गरि हाम्रो जस्तो देशहरुका लागि यो समस्या झनै बढी गम्भीर हुने छ जहा एउटा ठुलो जनसंख्या आफनो जल सम्बन्धी आवश्यकताका लागि ग्लेशियर हरुमा निर्भर छन बढदो तापमापनका कारण यी ग्रेल्शीयरहरु पग्लीने दर पहिले भन्दा अझ बढी तेज हुदै गइ राखेको छ जस्ले गर्दा यी गेल्शीयरहरु दिन प्रतिदीन खुम्चदै गइराखेका छन जस्को परिणमस्वरुप पानीको उपलब्धता मी अती कमी को रुपमा सामुन्ने आइ राखेको छ । त्यहि अर्काे तीर मध्य अमेरीका सहित अनेक क्षेत्रहरु विनाशकारी आँधि, भारी वर्षा, एवं वाढिको सामना गर्न विवश हुने छन् । जलवायुमा आउने यी परिवर्तनहरुको सिधा असर कृषि एवं खादयन उत्पादनमा पर्नेछ । अनुमान छ कि बढदो तापमानले गर्दा भारत सहित अफ्रिका का अनेकौ देशहरुमा खादयान्न उत्पादनमा गंभीर प्रभाव पर्नेछ । यदयपी केहि उच्च अक्षांशिय क्षेत्रहरुमा कृषि उत्पादकता मा सकारात्मक प्रभाव पनि देख्न पाइएको छ तर त्यसले घटदो उत्पादकतालाई भरपाई गर्न सकने छैन । प्रतिवेदन अनुशार अनुमान गरिन्छकि यदि शताव्दीको अन्त सम्म तापमानमा हुदै गरेको बृद्धी १.६ डिग्री सेल्सियस भन्दा तल रहयो भने पनी करीव ८ प्र.श कृषि भुमी खादयान्न् उत्पादन का लागी अनुपयुक्त हुने छ साथौ यस्को असर पशुधनमा पनी पर्नेछ । यस्तौ केहि असर माछा उत्पादनमा पर्ने छ । जुन की दुनियाको कैयौ देशहरमा आय एवं पोषणको मुख्य श्रोत रहेको छ । अनुमान अनुशार यीनै परिस्थितिहरु मा अफ्रिकाको उपणकटिवन्धीय क्षेत्रहरुमा स्थानीय माछाहरुमा हासका कारण शत्बदीको अन्त सम्म समुन्द्री माछा उत्पादन ४१ प्र.श घटनेछ । यसरी हेर्दा माछाहरु अफ्रिका बसोवास गर्ने करीब एक तीहाई जनसमुदायहरुको प्रोटिनको श्रोत मानीन्छ । साथै यो १.२३ करोड जनसमुदायहरुको आजीवीका को प्रमुख श्रोत पनी यस्तोमा यदि बढदो तापमान ले गर्दा यस्को उत्पादन मा ह्रास आयो भने आजको दाजोमा कहि वढी जनसमुदायहरु अफ्रिका जस्तो क्षेत्रहरुमा कुपोषणको शिकार हुने छन । प्रतिवेदनलाई मान्ने हो भने भविष्यमा कती धेरै मानीसहरु भोकमरीको शिकार होलान यो यस कुरा मा निर्भर गर्दछ कि हामी यस जोखीमको सामना कसरी गर्ने छौ एवं यसलाई निपटारा गर्नका लागि कस्तो नितिहरु बनाउने छौ । अनुमान अनुशार २०५० मा भोकमरीको शिकार हुने समुदायको संख्या ८० लाख देखि ८ करोड का बिच हुनसक्तछ । तर यो तथ्याङक के हुनेछ यो हाम्रा नितीहरु मा निर्भर गर्नेछ । भोकमरीको सबै भन्दा बढी असर अफ्रिका दक्षिण एशीया एवं मध्य अमेरीकामा पर्ने छ । यसवारे अनुमान छ कि २०५० सम्म जलवायु परिबर्तन ले गर्दा कमजोर देशहरुमा अतीरिक्त १८.३ करोड मानीसहरु कुपोषणको शिकार हुने छन । प्रतिबेदनका अनुशार जुन बाल बालीकाहरु २०२० मा जन्मीए ती २०४० मा २० वर्षका हुने छन जब की शतावदीको अन्त सम्म तीननको उमेर ८० वर्षको हुने छ यस्तो मो यो जोखीम हाम्रो भविषय लाई मात्र हैन वर्तमानमा पनि देखिन्छ । यस्तोमा हरित गृह ग्यासहरुमा गरिएको कटौती एवं जलवायु अनुकूलन कदम तीनको जीवन एवं तीनका बालीकाहरुको जीवन गुणस्तरलाई पनी प्रभावित गर्नेछ । यस्ले स्वास्थ्य कल्याण एवं सुरक्षामा गहिरो प्रभाव पार्ने छ । हामीले यो ध्यान राख्नु पर्ने हुन्छ । कि २०५० सम्म विश्वको करीव ७० प्र.श आबादि शहरहरु मा बसोवास गर्ने छन । जस्ले गर्दा हाम्रो बर्तमान एवं आउदो पुस्ता हरु जलवायु परिबर्तनले गर्दा बाढी गर्मी पानीको कमी, गरीवी भोक जस्ता जोखीमका मुखमा हुनेछ । यस्तो मा यो आव्शयक छ कि हामीले जलवायु परिबर्तनको गम्भीरता लाई बुझौ किनकी प्रश्न यहाँ हाम्रो बर्तमान पुस्ताको साथ साथै आउने पुस्ताहरु को पनि छ । तीनको भबिष्य हाम्रो आजको निर्णयहरुमा निर्भर रहने छ । यो हामी मा छ कि हामी आफना सन्तीका लागी कस्तो भविष्य छान्छौ त ।