नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् ।

सोमबार एक अपिल जारी गर्दै प्रचण्डले  स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा बनोस् भन्ने कामनासमेत गरेका छन्।यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्’ प्रचण्डको भनाइ छ, ‘त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी जस्ता कुराको प्रत्याभूति नभइ साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाइ छ।