वैरवीक महामारी कोवीड–१९ ले कतिपय देशहरुका सार्वजनिक एवंं जनस्वास्थ्य सेवाहरुको कमजोर अवस्था बारे पोल खोलेर राखी दिएको छ । महामारीका बेला कतीपय मुलुकहरुमा उपयुतm परिक्षण सेवा को व्यवश्था नहुनु अकसीजन एवं भेन्टीलेटर समेत अन्य कैयौ किसिमका स्वास्थ्य सुविधाहरु को कमी भएको दुश्य देखा परे । विशेषज्ञहरु ले सावैजनीक स्वास्थ्य सेवा हरुलाई दुर्गम गाएँ शहर प्रदेश एवं संघमा सुदृढ गर्न सुझाव दिएका छन । कोरोनाका कारण ले ठुलो मात्रामा मानवीय पलायन भएका छन यसबाट समुदायहरुको स्वास्थ्य खास गरी मानसीक स्वास्थ्यमा नराम्रो असर परेको छ । यस महामारीले हामीलाई धेरै कुराहरु सिकाउदै छ । हामीले आधारभुत कुराहरुमा फर्कदै आफनो पर्यावरण बचाउदै स्वास्थ्य सुविधाहरु बढाउनु पर्ने हुन्छ । हामीले ग्रामीण स्तर बाट प्राथमीक केन्द्र हरु स्वास्थ्य सेवाहरुको राम्रो एवं यथोचीत प्रवाह गर्दै क्षेत्रीय, प्रदेशस्तर एवं केन्द्रीय संघमा स्वास्थ्य सेवाहरु सुदृढ पार्नु पर्ने हुन्छ । स्वास्थ्य सेवा का पूर्वाधारहरु राम्रो बनाउनुका साथै स्वास्थ्य कर्मीहरुको ज्ञान शीप मा पनी अभी बृदधी गर्नु पर्ने हुन्छ । जस्ले गर्दा प्राथमीक स्वास्थ्य केन्द्र तहमानै रोग हरुको पहिचान निदान हुन सकेन तीनको उपचार हुन सकोस यसका साथै स्वास्थ्यकर्मीहरुलाई नजस्वास्थ्य वारे उचीत प्रशिक्षण गरी तथ्याङक संकलन गर्न सिकाइनु पर्ने हुन्छ । विशेषज्ञहरुका अनुशार भविष्य महामारी सङग जुदन एवं नियन्त्रण गर्नका लागी घरमा वस्ने गरी गरिने स्वास्थ्य सम्वन्धी रेखदेखका बारेमा समुदायहरु लाई सचेत ना गराउने दिशाामा कदम उठाउनु पर्ने हुन्छ ।
पहिलो कोवीड–१९ को लहरको बेला समयमा प्रतिवन्धात्मक सावधानीका कार्ययोजना शुरु गर्नाले हामीले कोवीड–१९ को परिचरण द्रुत रुपमा हुन दिएनै साथै मानवीय क्षती पनि कम व्यहोर्न प¥यो । तर हाम्रो कमजोर स्वास्थ्य सेवाका कारण एवं कोवीड–१९ को दोश्रो लहरको प्रवलता एवं घातकता को वेलैमा आकलन गर्न नसकदा भने दोश्रो लहरको कारण धेरै मानवीय क्षती व्यहोर्न प¥यो । हाम्रो ग्रामीण जील्ला क्षेत्रहरुमा जनस्वास्थ्य एवं आवाशीय स्वास्थ्य उपचारका लागी आवश्यक पर्ने जनशतmी एवं पूर्वाधार, श्रोत साधनको न्युन उपलव्धता एवं निरोधात्मक एवं निवारक जनस्वास्थ्य सुरक्षा मापदण्ड जन्य कार्य संचालन एवं लागू गर्न एवं नियमन गर्न नस्कनु हाम्रो कमजोर पक्ष देखिए । यस बारेमा समिक्षा सुधार एवं व्यवश्थापकिए क्षमता अभिवृदधी गर्न सकिए मात्र भबिष्यमा देखा पर्न सक्ने महामारीको लहर का साथै अर्को कुनै नयाँ महामारी देखा परे बेलैमा व्यवश्थापन गर्न सकिएला । यस्का लागी पालीका नगरपालीका उपमहानगर पालीका महानगरपालीका प्रदेश एवं संघ स्तरमा जनस्वास्थ्य एवं आवाशकिय स्वास्थ्य उपचारका लागी आवश्यक पूर्वाधार जनशतmी एवं श्रोत साधन प्रविधि व्यवश्थापनको अहिलेको संरचनामा पूर्नविचार गर्नु पर्ने हुन्छ । नै साथै समुदायहरुमा सचेतना अभिवृदधी गराउन भने चुकनु नहुने रहेछ । हालसम्मका कोवीड–१९ महामारीका विभीन्न लहर व्यहोरेको मानवीय सभ्यताले नियमीत हात धुने, सेनेटाइजरको प्रयोग, मास्कको प्रयोग आवश्यक न्युनतम सामाजीक दुरी राख्ने जस्ता हेर्दा सामाज्य झै लाग्ने कुराहरुले पनी जस्तो सुकै धातक महामारीका लागी पनि एउटा महत्वपूर्ण सुरक्षा कवचको काम गर्ने रहेछ । भन्ने अनुभव गरेको होला भन्न सकिन्छ । अब यसलाई सार्वजनीक जनस्वास्थ्य सुरक्षा शिक्षाको अनीवार्य पाठयक्रममानै राख्नु पर्ने, अभ्यास गर्नु पर्नेमा जोड दिनु पर्ने छ । जस्ले गर्दा सरकारी निकायले जवरजस्ती अनिवार्य पालनाका लागी सुचना विज्ञप्री निकाली राख्न नपरोस ।
आउदा दिनका लागी हालसम्म पृष्टी भएका समुदायलाई प्रभाव पर्न सकने महामारीकै रुपमा देखा पर्ने संक्रामक रोगहरु विरुदध उपलब्ध भए सम्मका सवै खाले खोपहरु उमेर तालीका एवं उचीत मात्रा को उपलव्धता एवं प्रयोग सुनिश्चीत हुन पर्ने टडकारो आवश्यकता देखिन्छ । अवको जनस्वास्थ्य सेवा उपचारत्मक भन्दा निरोधात्मक बढी हुनु पर्ने हुन्छ । सवैका लागी भनीन्छ सवै सुरक्षित भए मात्र आफु सुरक्षित भइन्छ । नत्र कोही पनी सुरक्षित रहदैनन ।
सामान्यतया जुन सुकै महामारीमा बालबालीका हरु एवं बुदध बृदधाहरु बढी प्रभावीत हुने गर्दछन । यो आज सम्म चली आएको जनस्वास्थ्यीय मान्यता हो । तर कोवीड –१९ को लहरहरुका वेला धेरै युवाहरु पनी प्रभावित हुन पुग्यो मानबीय क्षतीमा परे भनीन्छ । चिकित्सा शास्त्र को अध्ययन मा टेकस्ट बुकस टेल्स लाई अर्थात पाठयपुस्तकले झुठो वोल्दछ ।
विश्व स्वास्थ्य सङगठनका अनुशार विश्व भरीमा एक चौथाइ अस्पताल स्वास्थ्य केन्द्रहरुमा काम गर्न स्वास्थ्यकर्मीहरुका लागी सफा पानी स्वच्छटा, एवं आवश्यक सुरक्षा उपकरणहरु को न्युनता ठुलो समस्याको रुपमा रहेको छ । आज जव सारा विश्व कोरोना जस्तो महामारी सङग जुदने प्रयास गर्दै छ । यस्तो बेला स्वास्थ्य संङग जोडिएका यी आधारभुत सुविधाहरु ले ठुलो महत्व राख्दछ । यी सुविधाहरुको अभावमा विरामी एवं स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस एवं अन्य रोगहरु बाट संक्रमित हुने जोखीम बढेर जान्छ । साथै समुदायमा परिचया हुन पनी यस्तो स्थीतीलाई स्वास्थ्य एवं स्वच्छटा को क्षेत्रमा निवेश विनियोजन बृदधी गरेर परिवर्तन गर्न सकिन्छ । जस्का लागी राज्य स्तरमा यस्का लागी ठोस कार्य योजना हुनु प¥यो । स्वास्थ्य क्षेत्रमा स्वच्छ पानी एवं सरसफाइका अनेका अनेक फाइदा छन तर पनी विश्वमा मात्र ए तिहाइ देशहरुले मात्र यस दिशामा काम गर्न मार्गचित्र तयार पारेको देखिन्छ । भने १० प्र.श देशहरुले यस विषयलाई महत्व दिदै यीनलाई आफनो राष्ट्रीय स्वास्थ्य सेवा प्रणालीमा निगरानीका लागी सम्मीलीत गरेका छन । भनीन्छ । महामारीजन्य विपद रोकन सकिन्छ । जस्को उपचार पछि महङगो एवं प्रभावहिन शावति हुन सतmछ । यो तथ्यलाई धेरै हदसम्म वैश्वीक स्तरमा कोवीड–१९ महामारीले फेरी पनी सचेत गराएको त छ तर हाम्रा निति निर्माता पो कती सच्चीए यक्ष प्रश्न यती मात्र हो अहिले लाई ।