बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।
सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत  Purple Haze Restro and Garden  , एयरपोटचोक, विराटनगरमा १५%, Mitho Restaurant and Thakali Kitchen    वित्र्तामोडमा १०%,  Nobel Hotel and Swimming Complex Pvt. Ltd.  इमाडोलमा १०%,  Meeting Point Restaurant & Bar, वित्र्तामोडमा ५%  Hotel Earth Light Pvt. Ltd.,, सौरहा, चितवनमा २०%,  Chicken Station  , इमाडोलमा १०% तथा  Solmari Restro & Meeting Pvt. Ltd.,  इमाडोलमा १५% को छुट पाउनुहुनेछ ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत  Medicity Pharmacy,  वित्र्तामोडमा १०%,  Ramjanaki Hospital Pvt. Ltd., जनपुरमा १५% तथा  Namo Manakamana Dental and Clinic Pvt. Ltd.  इमाडोलमा २५%को छुटको ब्यवस्था रहेको छ ।
साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio  मा १५% छुट पाउनुहुनेछ । जिम÷फिटनेस सेन्टर अन्र्तगत  Shapes Fitness Gym , ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसक्नुहुनेछ । यसको विस्तृत विवरण बैंकको वेवसाइट  (www.bok.com.np) मा उपलब्ध रहेको जानकारी गर्दछौं ।