काठमाडौं । अस्मिता अधिकारीको स्वरमा ‘ऐसेलु दाना’ नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुबमार्फत सार्वजनिक भएको गीतमा यम के निरौलाको शब्द संगीत रहेको छ । गीतका एरेजर उदयराज पौडेल हुन् ।

गीतको भिडियोमा गायिका तथा मोडल जेनिशा गौतमको अभिनय छ । साथै पबित्रा, प्रभा, कमला र जिनाले उनलाई साथ दिएका छन् । एम डि गोर्खालीले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । पेन्टर कृष्णले ‘ऐसेलु दाना’ भिडियोलाई निर्देशन गरेका छन् । भिडियमा आफ्नो प्रेमी बिदेशिएपछि गाउँमा पर्खेर बसेकी प्रेमिकाको मनमा आउँने भाव भिडियोमा प्रस्तुत गरिएको छ ।

‘ऐसेलु दाना’ जेनिशा गौतमले निर्माण गरेकी हुन् । हाल जेनिशा अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनी बिदेशमा रहेरमा पनि नेपाली गीत संगीतमा टेवा पुर्याउदै आएकी छिन् । जेनीशा गौतम बिभिन्न गीतमा गायन तथा मोडलिङ्गसहित कलाकारितामा परिचित छिन् ।