यस गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा,  MDRT, COT तथा TOT लाई सम्मान कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा मिति २०७८÷११÷२२ गतेका दिन देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको संलग्नतामा सम्पन्न भयो । उक्त कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख श्री बोध लाल पुरी ज्यूबाट भई स्वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख श्री बाबुराम पौडेले दिनु भयो । कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत श्री स्मृति राज कण्डेल ज्यूले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसाय लाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण दिनु भयो । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विपिन कुमार लाल ज्यूले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गर्नु भयो । उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम, उत्प्रेरक श्री सुदिप वस्नेत ज्यूले प्रदान गर्नुभयो । अभिकर्ताहरुले यस अभिकर्ता उत्प्रेरणा कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भयो ।