काठमाडौं । पछिल्लो २४ घण्टामा एकै दिन १६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । विगत केही दिनयता दैनिक मृत्यु हुनेको संख्या १ देखि ४ सम्म रहेकोमा शनिबार एकै दिन ६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो ।

 

यस समयावधिमा १० हजार २ सय ५४ नयाँ संक्रमित थपिएका छन् । ७ सय  ८ जना निको भएका छन्, भने सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १ सय ८७ जनाको नमुना परीक्षण गरिएको थियो ।