बैंक अफ काठमाण्डू लिमिटेडको ग्राहक महानुभावलाई बीमा दाबी रकम भुक्तानी

१३ मंसिर, २०७८
बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनुभएका श्री गोपाल खत्रीज्यूलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ । उक्त खातावाहक श्री खत्रीज्यूको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि श्री सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो । बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख श्री गणेश खत्रीज्यूले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्री गोपाल खत्रीज्यूलाई हस्तान्तरण गर्नुभयो ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।