साउन २०, काठमाडौं ।
अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको घरमा बन्धुकधारीहरुले आक्रमण गरेका छन् ।गएराति भएको कार बम तथा गोली आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ । घटना भएको समयमा रक्षामन्त्री खान भने घरमा नभएको बताइएको छ । घटनापछि उहा“को परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको समाचार छ । घटनामा केही आक्रमणकारीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पछिल्लो समय अफगानिस्तानका विभिन्न सहरमा यस्ता खाले आक्रमण बढ्दै गएको छ । यस्ता घटनामा तालिवानी फोर्सको संलग्नता रहेको अनुमान अफगान सरकारले गरेको छ ।