रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज मिति २०८०÷०३÷०१ मा कम्पनीको छैठौं वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष श्री उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८÷०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारीत गरेको छ । सभामा शेयरधनीहरुले उठाउनु भएका जिज्ञासाहरुको अध्यक्ष श्री उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिनु भएको थियो ।
यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्नुहुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाल महानुभावहरुमा हार्दि धन्यवाद ज्ञापन गर्नुनुभयो।