नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना  RPS/ connectIPS  का माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । च्एक् मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब रु. १०,००० सम्मको भुक्तानी मा रु.२ र सो भन्दा माथी रु. २० लाख सम्मको भुक्तानीमा रु.५ कारोबार शुल्क लागू हुनेछ ।
हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलहरु मार्फत सरकारी राजस्व भुक्तानीका रु ११४ अर्ब बराबरका ९ लाख ७० हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन् । एनसीएचएलले गत ५ वर्ष देखि सरकारी भुक्तानीहरु डिजिटाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २०% जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ । आगामी वर्षहरुमा यस्ता अनलाइन संकलन अझै बृद्धी हुने अपेक्षा गरिएको छ ।
सरकारी राजस्व संकलनका निम्ति विभिन्न निकायहरुमा कनेक्टआईपिएस गेटवेको रुपमा पनि जोडिएको छ । हालै सो गेटवेमा मोबाइल बैंकिङ्ग वा वालेट एप मार्फत पनि स्क्यान गरी भुक्तानी गर्न सकिने गरी  NEPALPAY QR जडान गरिएको छ । भुक्तानीकर्ताले सरकारी राजस्व संकलन गर्ने निकायहरुका वेबसाइटबाट प्राप्त भएको कारोबार संकेत नम्बर )को आधारमा मार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घटाइयो सँग जोडिएका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वालेटको एप, कनेक्टआईपिएसको वेबसाइट वा मोबाइल एप, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाहरु मार्फत सो भुक्तानी गर्न सक्दछन् ।
एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS, NPI, CORPORATEPAY tyf National Payment Switch    तथा National Payment Switch    अन्र्तगत Retail Payment Switch (RPS) / NEPALPAY QR  लगायतका विभिन्न प्रणाली तथा च्यानलहरु सञ्चालन गर्दै आएका छन् । एनसीएचएलले ५५ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ६,२०० शाखाहरुबाट आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ८० भन्दा बढी गैर–बैंकिङ संस्थाहरु  Indirect/Technical Member   को रुपमा आवद्ध छन् ।

थप जानकारीका लागि  www.nchl.com.np  मा हेर्नुहोला ।