प्रधानमन्त्री प्रचण्डसँग डोभेल र क्वात्राको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभेल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।
भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।
तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो भारत भ्रमण हो ।
प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित होटल मौर्यमा बसेका छन् ।