सर्वोच्चमा रेशम चौधरीको आममाफीविरुद्ध रिट

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले रेशम चौधरीलाई आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् ।
मगलबार बोहोराले चौधरीलाई राष्ट्रपतिबाट दिइएको आममाफी असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।