अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रकिया

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढेको छ ।प्रधान न्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएसंगै नियुक्ति प्रक्रिया अघि बढेको हो ।
कार्की संवैधानिक परिषद्बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए ।
मंगलबार बसेको समिति बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्ने बताइएको छ ।
यस्तै समितिले समिति सञ्चालनसम्बन्धी कार्याविधि समेत पास गरेको छ ।