प्रमुख कार्यकारी अधिकृतको नियुक्ति

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ । निजको नियुक्तिको लागि कम्पनीको संचालक समितिको मिति २०८०/०१/२७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणबाट मिति २०८०/०२/०५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको मिति २०८०/०२/०९ गते बसेको संचालक समितिको बैठकमा श्री युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष श्री हेमराज ढकालज्यूबाट शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट श्री युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरियोे ।