पूर्व सांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाको बयान पुरा भएसंग आइतबार प्रहरीले काठमान्डौ जिल्ला अदालतको सरकारी वकिल कार्यलयलाई अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो ।

१०६ जना पिडित रहेको यस मुद्दामा २६ करोड ८८ लाख ५७ हजार विगो कायम गरी मुद्दा चलाउनुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ। यस प्रकरणमा संलनलाई राज्यबिरुद्दको अपराध, संगठित अपराध र ठगी गरी कम्तिमा पनि तीन वटा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

त्यसो त यस प्रकरणमा संलग्न केही अभियुक्तबिरुद्द लिखतसम्बन्धि कसुर (किर्ते) तथा चार उच्चपदस्थ तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता टोप बहादुर रायमाझी, टेकनारायण पाण्डे र भुटानी शरणार्थी नेता भनेर चिनिने टेकनाथ रिजाल बिरुद्द देशद्रोहीको मुद्दा चलाउनुपर्ने सुझाव छ। तर यस सम्बन्धी अन्तिम निर्णय सरकारी वकिलको कार्यलयले गर्नेछ।

करिब एक अर्ब रुपैयाँ भन्दा बढी ठगि भएको भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा चार उच्चपदस्थ सहित १६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता टोप बहादुर रायमाझी, टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता भनेर चिनिने टेकनाथ रिजाल, इन्द्रजित राइ, शमशेर मियाँ, आङटावा शेर्पा, नरेन्द्र केसी, सन्दिप रायमाझि, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राइ, टंक गुरुङ, गोविन्द चौधरी, रामशरण केसी रहेका छन्।

त्यस्तै नेपाल प्रहरीले एक दर्जन बढी व्यक्तिहरुलाई फरार अभियुक्तको रुपमा मुद्दा चलाउने तयारी गरेको छ। फरार सुचिमा पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा, बादल गृहमन्त्री छँदा उनका सल्लाहकार समेत रहेका इन्द्रजित रायका छोरा निरज राइ, केशब तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धिरेन राइ, मोहन राई, दिपा हुमागाई, सुनिल बुढाथोकी, विनिता लिम्बु, निरन्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापा रहेका छन्।