काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आजको मूल्य अहिलेसम्मकै धेरै हो। यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ।