संघीय संसदमा संसदको सर्बोच्चताको पक्षमा रहेका प्रचण्ड र सांसदहरु बीच आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा प्रत्यक्ष सवाल-जवाफ हुने भएको छ । आज संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । बैठकमा प्रत्यक्ष सवाल-जवाफ हुने सभ्य भाशा प्रयोग भएपनि प्रचण्ड प्रति रिसाएका एमाले सांसदहरुले प्रधानमन्त्री माथी भनाभन गर्ने माहोल बनाउन सक्ने बताइन्छ । यस्को प्रतिरोध सत्तारूढ सांसदहरु गर्ने भएकोले आज संसदमा भनाभन हुने निश्चित छ ।