मितिः २०८०/०१/२७ गते

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा ईङवा हाईड्रोपावर लिमिटेडको रु. १००।— अङ्कित दरका १२,००,००० कित्ता शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाईएको शेयर बाडँफाडँ गरि बिक्री हुन बाँकी रहेको २,९३,१६० कित्ता शेयर समेत थप गरी जम्मा १४,९३,१६० कित्ता शेयर मध्येको १,२०,००० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी शेयर बाडँफाडँ गरिएको, २९,८६३ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरिएको तथा ७४,६५८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको समेत गरी बाँकीे रु. १००/- अंकित दरका १२,६८,६३९ कित्ता साधारण शेयरहरुको आज मिति २०८० बैशाख २७ गते बुधबार बाँडफाँड गरिएको छ । कम्पनीले २०८० बैशाख १३ गते देखि २०८० बैशाख १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयरहरु बुधबार बाँडफाँड गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि ११,९९,९६७ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमवाट १,२६,८६३ जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई न्युनतम १० कित्ताका दरले १२,६८,६३९ कित्ता शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले रु. १००/- अंकित दरका १८,००,००० कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त ६,००,००० कित्ता साधारण शेयर निष्काशन गरी रितपूर्वक प्राप्त ३,०६,८४० कित्ता शेयर, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरीएको १,२०,००० कित्ता शेयर, कर्मचारीहरुलाई सुरक्षित गरिएको २९,८६३ कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्टाईएका ७४,६५८ कित्ता शेयर यस अघिनै बाँडफाँड गरिसकिएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको स्वामित्व भएको सहायक कम्पनी हो । यस कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।