उनले, देशमा साम्राज्यवादीहरु र दलाल पूँजीवादको ठूलो षड्यन्त्र  रहेको भन्दै देशभक्त र सच्चा क्रान्तिकारी जनताको बलबाट त्यसलाई परास्त गरी छिट्टै मुलुक स्वाधीन बन्ने जिकिर गरेका छन। त्यसको नेतृत्व आफ्नो पार्टी र आफूहरुले गर्ने उनको दाबी थियो।

उनले भने “देशको वस्तुगत अवस्थाले क्रान्तिकारी ध्रुविकरणको माग गरेको छ र हामी माओवादीहरु सचेत पक्ष भएकाले सचेततापूर्वक सोच्ने बेला आएको छ । राष्ट्रिय राजनीतिमा हामीले पहल लिनुपर्छ भन्ने जनताको चाहना छ।सम्पूर्ण माओवादीहरु,कम्युनिस्ट पार्टीहरू, प्रगतिशील लोकतन्त्रवादीहरु, यो देशलाई मायागर्ने देशभक्त र राष्ट्रबादीहरु एकठाउँमा आउनुको विकल्प छैन, सबैले निर्ममतापूर्वक समीक्षा गर्नुपर्छ  र यो मुलुक र जनतालाई स्वाधीन बनाउनु पर्छ ।” प्रायः अन्तर्वातामा प्रचण्डको बिरोध गर्ने प्रकाण्डके यस पटकको अन्तरबार्तामा भने मौन बसेका छन ।