बरिष्ठ पशुचिकित्सक
एम.सी एस्सी प्रिभेन्टीभ भेटेरीनरी मेडीसीन पवलीक हेल्थ सेन्ट्रल लुजोन स्टेट युनिभरसीटि फिलीपिन्स
विश्व पशु चिकित्सा दिवश प्रत्येक वर्ष अप्रेलको अन्तीम शनीवारका दिन विश्व भरीमा मनाइन्छ । यस दिनको उदेश्य विश्व भरीमा पशु चिकित्सकहरु द्धारा गरीएको पशुहरुका लागी काम हरु जानकारी दिन एवं प्रोत्साहन का लागी मनाइन्छ । मुल प्राणीहरुको बेदना लार्य अनुभुति गरेर तीनको निदान गर्नु आफैमा यस्तो अनौठो विदया हो जस्मा कौशल संवेदना एवं विज्ञानको अदभुत समावेशी करण छ । सत्य यो हो कि कुनै पनी राष्ट्र को महानता को मुल्याङकन यस तथ्य बाट गरीन्छ कि त्यहा पशुहरु सङग कस्तो व्यवहार गरीन्छ ।
कोवीड- १९ मा पशु चिकित्सक को भुमीका एवं पुरै विश्वमा प्रशाचिकित्साको बदलिदो परीवेश, परिदृष्यमा विश्लेषण गरीदै छ जस्ले भविष्यमा मानव पशु एवं वातावरण लाई एउटा समग्र इकाइ को रुपमा राख्दै नितिहरु त्यार पार्न सकियोस एवं यस्ता आपत विपत संकट हरुको रोक थाम गर्न सकियोस ।
विश्व स्वास्थ्य संगठनले कोवीड -१९ लाई आधिकारीक रुपमा वैश्वीक माहामारी घोषित गरे देखिनै यस विषाणु लाई एउटा गंभिर खत्राको रुपमा हेरिएको छ । यस भाइरस को उत्पती चमेरोमा भयो एवं यस्तो अनुमान गरिन्छ की मानिसमा यो सर्पहरु अथवा पैंगोलिन जस्ता जीवहरु बाट फैलिएको हुन सक्तछ, यस कुराले गर्दा पशुपालक एवं पशुजन्य उत्पादनहरुको मनमा कयौं प्रश्न उठेका होलान ।
के हो कोविड -१९ भाइरस
कोविड -१९ कोरोना भाइरसको एक नविन प्रकार हो जुन आर.एन. ए भाइरस परिवारको विस्तारित स्वरुपहो । कोवीड – १९ कोरोना भाइरस बाट हुने रोगको आधिकारीक नाम हो नोबेल कोरोना , यो विश्व स्वास्थ्य संगठन द्धारा दिइएको नामहो । इ.स. २०१९ मा यो भाइरसको उत्पती भएकोले नयानौलो जनाउन नोवेल अनीकोरोना परिवारको भएकोले कोभ नाम दिइयो । अन्तराष्ट्रिय समिती आन भाइरस टोकसो नोमिका शोधकार्ताहरुले यसलाई क्ब्च्क् बलम ऋइख् (द्द वैज्ञानीक नाम दिएका छन ।
के पशुपंक्षी मानीसमा कोविड -१९ फैलाउन का लागी जिम्मेवार छन ?
यस महामारिको परिक्षण प्रसारण मुलतःमानीस बाट मानीस काृ सम्पर्कबाट हुने गर्दछ । जीनोम अनुक्रमण बाट उपलब्धी तथ्याङ्क एवं वर्तमान साक्षको आधारमा हामी यो कुरा जान्दछौं की कोविड-१९ को प्रारम्भ पशुहरु बाटभएको छ । यस विषाणुलाई मानिसहरुमा हस्तान्तरणको मार्ग अथवा जनावरहरुको यसमा भुमिकाभने अझै पनि अन्वेषणकै विषय रहेको छ ।
के पशुपंक्षी पनि कोविड -१९ बाट संक्रमित हुन सक्छन त?
यो माहामारी मुख्यतःमानव संग मानव संर्पकले फैलिराखेको छ । विश्व पशुस्वास्थ्य संगठन जुन कि विश्वभरि मा पशुहरुको स्वास्थ्यका लागीउत्तरदायी एउटा अन्तर सरकारी संगठन हो । जस्को अनुसार मानीसहरुमा तेजिले फैलिरहेको यो रोग संग साथी सहयोगी जिवहरुम ानजिकींदो सम्पर्कले पनि फैलन सक्दछ । बाघ, विरालो कुकुर पालतु फेरेटमा कोवीड-१९ को पुष्टी भइ सकेको छ । हालको यस प्रकारको संक्रमणको यस उत्पातको फैलनु सँग कुनै साइनो पाइएको छैन । कुखुरा जन्य पंक्षि एव सुगुर बगुर यस विषाणु का लागी आश्चर्यजनक तरीकाले प्रतिरक्षित छन् । विभिन्न जीवहरुको यस रोग प्रति को संवेदनशिलता भने अझै सोधखोज अनुसन्धान कै विषय रहेकोले यसै भनि हाल्न सकिन्न ।
कोविड-१९ कुकुर विरालो फेरेटमा संक्रमणको पुष्टी भइ सकेको छ ।सम्पुणर्त ः कुकुरहरुमा प्रतिरोधक क्षमता विरालो भन्दा बढी पाइएको छ भने फेरेटमा एसको पुष्टी केवल शोध कार्यालय हरु मा मात्र देखिएको छ । जुन जनावरहरु मा यस भाइरस को पुष्टी भए पनि तीनमा यस रोगको धेरै नै हलुका या न को बराबर नैदानीक लक्षण पाइएको छ । यहा सम्म कि कुनै पनि साथी संगी जनावरमा रोगको भयावह लक्षण बिकशीत गर्ने क्षमता अत्यन्त दुर्लभ पाइएको छ ।
कुनै कोवीड -१९ संक्रमित वा कोवीड -१९ संदेहास्पद व्यक्तिको संर्पकमा आएमा घरेलु पशुपक्षिको बचाउका लागी कुन कुन सावधानीका उपायहरु पालन गर्नुपर्ने हुन्छ त ।
अहिले सम्म यस्तो कुनै प्रमाण त पाइएको छैन जस्का आधारमा जनावरहरु बाट मानिसमा यस व्यापक रोगको संक्रमणको पुष्टी होस् । किनकी जनावर एवं जनसमुदायहरु द्युवैमा यो जुनोटिक संक्रमण फैलिन सक्तछ तर यो जरुरी हुन जान्छ कि कुनै पनि व्यक्ती जो कोविड-१९ बाट ग्रस्त होस या फेरी संकाश्पद होस आफ्ना घरेलु चिडिया घर बन्दी जनावर बन्य जन्तुहरु सँग सिमित संपर्क राख्नु ।
जनावरहरुको हेरचाह गर्दा आधारभुत स्वच्छतालाई ध्यानमित राख्नु पर्ने हुन्छ जस्मा निम्न कुराहरु शामिल छन् ।
क) पशुपक्षिको हेरचार गर्नका लागी तीनको आहार एवं आपुर्तीको लागी संपर्कमा आउनु भन्दा पहिले एव पछि राम्रो सीत हाथहरु सावुन पानिले धुने पशुपक्षिहरुलाई धेरै आत्मीयता एव पुलपुल्याने , सुमसुम्याउने नगर्नुस, खाननेकुराहरु उनीहरु संग साटासाट नगर्नुस । साथी संगी जनावरहरुको बचाउको लागी उपयुक्त निर्देशित स्वास्थ्य मापदण्ड पालन गर्नुमा गरीने हेलचेक्राइ तर्क संगत मानिने छैन ।
पशुचिकित्सक एव जनस्वास्थ्य निकायले यस स्थीतीबाट जुध्नका लागी एक विश्व एक स्वास्थ्यको दृष्टीकोणको महत्वलाई मनन गर्दै एक जुट भएर काम गर्नु पर्ने हुन्छ । कुनै व्यक्तिमा कोवीड-१९ को संक्रमणको पुष्टी भएमा तीनको संपर्कमा आएका जनावरहरुको जोखीम आंकलन गर्न नाक मुखको र्‍याल सिगान दिशा पिसावको नमुना संकलन गरी आधुनिक परिक्षण विधि बाट जाच गरी तीनीहरु रोगको स्थीती अवस्थीती प्रमाणीत गरीनु पर्ने हुन्छ । ती जनावर जस्को परिक्षण परिणाम सकारात्मक आयो भने तीनलाई अन्य असंक्रमित अती सम्वेदनशील पशुहरुको संपर्कमा आउन बाट रक्षित गर्नु पर्ने हुन्छ ।
पशुपंक्षि एवं तीनका उत्पादनहरुको सम्पर्कमा आउदा गरीनु पर्ने केही सावधानी ः
हालकी कोवीड-१९ को हारम्भ वारेमा अनिश्चीतता नै बनेको छ अहिले पनि कुनै पशु हाटबजारमा जानुस जुक कि जिउरो एव अनुत्पादीत पशु व्यापारका सामान सँग सम्बन्धीत होलान विश्व स्वास्थ्य संगठन द्धारा स्वीकृत आधारभुत स्वच्छताका नियम एवं विनियमलाई पालन गर्नु पर्ने हुन्छ । कुनै पनि पशु अथवा पशुजन्य उत्पादकको सम्पर्कमा आउनु भन्दा पहिले एवं पछि स्वच्छ पानी एव सावुनले नियमीत हाथहरु धुनुस, आखा नाक मुख पटक पटक धुने छाम्ने नगर्नुहोस् हाटमा आवारा वेवारीशे घुमी रहेका पशुहरु कुकुर, विरालोहरु कृतंक चरा चुरुगी चमेरोको सम्पर्कमा आउनबाट बच्नुस हाटवजारमा उपलब्ध पशुहरुका गोवर पिसावले खानेकुरा उपकरणहरु एवं भुइ दुषित करण नहोस यस्का लागी सावधानी अपनाउनु पर्ने हुन्छ । अधकल्चो खानेकुराले हुने संभावित पर संदुशनबाट वच्नका लागी काचो मासु दुध एव पशुहरुका अंगहरु सावधानीपूर्वक चलाउनुहोला । स्वास्थ्य पशुहरुको दुध फल मासु जुन स्वच्छता स्वस्थ्यताका सवै नियमहरुलार्य पालन गरी राम्रो संग पकाइएका छन स.वनका लागी पूणर्रुपले सुरक्षित हुनेछन् ।
विश्व पशुस्वास्थ्य संगठन सकृय रुपले कोविड-१९ को पशुहरुमा संक्रमण अनुसन्धान एव जोखीमविश्लेषणमा निरन्तर काम गरी राखेको छ । बर्तमान स्थीती एवं दुनिया भरीबाट एकत्रित तथ्याङ्कका आधारमा विश्व पशु स्वास्थ्य संगठन जोखीम विश्लेषण नगरीकुनै प्रकारले पशु पशुपक्षिजन्य पदार्थहरुको अन्तराष्ट्रीय गतीविधिको पक्षमा छैन ।
कोविड-१९ को संक्रमण एउटा उदाउदो नया नौलो रोग हो । पशुहरुमा यस्को पुष्टी हुने वितिकै यस्को सुचना अती शिघ्र विश्व पशु स्वास्थ्यसंगठनलार्य दिइनु पर्ने हुन्छ । यस सुचनामा टेरि टेररोस्टियल हेथ कोड अनुशार जाती नैदानीक लाण परिक्षण एवं उचीत इपिडेमीओलोजीकल जानकारी उलेख हुनु पर्दछ । यस्का लागी यो आवश्यक जरुरी हुनु आउछ । पशुचिकित्सक अधिकारी सार्वजनिक जनस्वास्थ्य अधिकारी एव बन्यजन्तु विशेषज्ञ सुसंगत भएर एक विश्व एक स्वास्थ्य अवधारणा अनुसार काम गर्नु पर्ने हुन्छ ।
यसैले जरुरी हुन आउछ कि यस माहामारीको प्रकोपबाट घरेलु एव जंगली जनावरको स्वास्थ्यसँग कुनै सम्झौता नहोस एव जैविक विविधतामा यस्को कुनै दुष्प्रभाव नपरोस् । पशुचिकित्सा सेवालाई यसकारण पनि अति आवश्यक सेवाहरुको श्रेणिमा मान्यता दिइएको छ ताकी पशुहरु सम्म यस स्थीतिमा तीनको सेवा निर्बाधित रुपमा प्रवाहहोस् ।