बारा क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
आज बिहानसम्मको मतगणनामा उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ३ हजारभन्दा बढी मतान्तरले पछि पारेका हुन् । पछिल्लो परिणामअनुसार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कुशवाहाले ६ हजार ७ सय ७१ मत पाएका छन् । उनीहरूबीच ३ हजार ९९ मतान्तर छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेल ३ हजार ७ सय मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले ५ सय ८७ मत प्राप्त गरेका छन् ।