अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा एमाले अखिलको गढ भत्काउदै नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी स्ववियु सभापति निर्वाचित भएका हुन् ।

उनले अनेरास्ववियुका कमल जोशीलाई नाै मतले पराजित गरेका हुन् । १ हजार ८२६ मतदाता रहेकामा १ हजार ३७४ जनाले मतदान गरेका थिए ।

यसअघि ०६५ सालमा भएको निर्वाचनमा साे क्याम्पसमा अनेरास्ववियुले जितेको थियो । अस्कलमा पहिलोपटक क्रान्तिकारीले जितेको हो । साे क्याम्पसमा २०५३ सालकाे निर्वाचनमा नेविसंघबाट प्रदीप पाैडेल स्ववियु सभापतिमा निर्वाचित भएका थिए । अन्य वर्ष भने अनेरास्ववियुले जित्दै आएको थियाे ।