भदौ १० देखि १५ गतेसम्म नाडा अटो शो हुने, स्टल बुकिङ खुला

प्रत्येक वर्ष अटो शो गर्दै आएको नाडाले यस बर्ष पनि गर्ने भएको छ। अटोमोवाईल्स एशोसिएशनको आयोजननामा यसवर्षको नाडा अटो शो भदौ १० गतेदेखि १५ गतेसम्म हुने भएको छ । यसवर्षपनि भृकुटी मण्डपमा अटो शो गरिने नाडाले जनाएको छ । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ ।
उक्त शो मा स्टल राख्न इच्छुक कम्पनीहरुले यही जेठ २७ गतेदेखि ३० गतेसम्म स्टल बुकिङ खुला गरेको जनाएको छ ।