नेपाल बहुसंख्यक हिन्दूहरुको बसोवास भएको देश हो । नेपालको कानुन अनुसार सम्पूर्ण धर्मावलम्बीहरुको आ—आफ्नो धार्मिक स्वतन्त्रता रहेको छ । हिन्दू धर्म बसुधैव कुटुम्बकम अर्थात सारा संसार एक परिवार हुन भन्ने पवित्र मान्यतामा विश्वास गर्ने धर्म हो तसर्थ विश्व कल्याण हेतु हिन्दू धर्म प्रतिकहरुको संरक्षण गर्नु हामी सबैको परम् कर्तव्य हो ।
मिति २०७९ चैत्र २३ गते जनकपुरधाममा विश्व हिन्दू परिषद् नेपाल लगायतका संगठनहरुद्वारा श्री हनुमान जन्मोत्सवको पावन अवसरमा निकालिएको शोभायात्रालाई जानकी मन्दिर परिक्रमा पथ प्रवेशमा प्रतिबन्ध    लगाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जानकी मन्दिर परिक्रमा पथमा एक समुदाय विशेषको मस्जिद पर्ने भएको कारण हिन्दूहरुको शोभायात्रालाई प्रतिबन्ध लगाउनु अत्यन्तै दुखद एवं गम्भीर विषय हो ।
मुस्लिमहरुले मुहर्रम पर्वमा हातहतियार सहित विभिन्न मठ—मन्दिरको बाटो तथा हिन्दूहरुको धार्मिक प्रांगण प्रयोग गर्दै जुलुश निकाल्दा कहिकतै कसैले कुनै बाधा–अवरोध खडा गरेको देखिदैन । मुस्लिमहरुको पर्वहरुमा कहिकतै प्रवेशमा प्रतिबन्ध लगाइदैन तर हिन्दूहरुको शोभायात्रालाई  हिन्दूहरु कै अराध्य श्री जानकी मन्दिर परिक्रमा पथ प्रवेशमा प्रतिबन्ध लगाइनु सम्पूर्ण सनातन हिन्दू धर्मावलम्बी प्रति अन्याय भएको हो ।
यस किसिमको अन्यायपूर्ण क्रियाकलापले सामाजिक सद्भाव विथोलिने देखिन्छ । देशको अमन चयन एवं आपसी भाईचारालाई मध्येनजगर गर्दै यस विषयलाई गम्भीरताका साथ लिन सम्बन्धित निकायलाई  विश्व हिन्दू परिषद् नेपाल ध्यानाकर्षण गराउँदछ साथै सम्बन्धित पक्षले यस अन्यायपूर्ण क्रियाकलापलाई समय मै पुर्निविचार गरोस् भनि अपिल समेत गर्दछ ।
जय श्रीराम । नेपाल आमाको जय ।।