एमए डब्लु वृद्धी कमर्शियल भेहिकल, फोटन मोटर्सको एक विश्वसनीय आधिकारिक डिलर, टुनल्याण्ड पिकअप गाडीहरूको लागि नयाँ वर्षको आकर्षक स्किम ल्याएको छ। “Fuel Your Ambition, Own Your Tunland” नामक यो अफरले ग्राहकहरूलाई 9.99% को कम ब्याज दर र न्यूनतम 12 लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरदि गर्ने अवसर प्रदान गर्दछ। अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश छ।

“यो नयाँ वर्ष हामी हाम्रा ग्राहकहरुका लागि केहि विशेष वनाउन चाहन्छौं, र यो अफरले बिषेस खुसियाली ल्याउनेमा हामी विस्वस्त छौं ” एमए डब्लु वृद्धी कमर्सियल भेहिकलका सेल्स हेड श्री नवीन आचार्यले भने। “हामीलाई थाहा छ कि गाडी खरिद गर्नु ठूलो निर्णय हो, र हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको सपनाको गाडीको स्वामित्व पाउन सजिलो बनाउन चाहन्छौं।”
Tunland पिकअप सवारी साधन एक बहुउपयोगी र भरपर्दो सवारी साधन हो जुन व्यक्तिगत र व्यावसायिक प्रयोगको लागि उपयुक्त छ। यो नयाँ वर्षको अफरसँगै, ग्राहकहरूले अब अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्छन्।
यस अफरको फाइदा लिन ग्राहकहरूले एमए डब्लु वृद्धीको कुनै पनि शोरुममा गएर ग्राहक प्रतिनिधि प्रतिनिधिसँग कुरा गर्न सक्नेछन्। एमए डब्लु वृद्धीको टिम ग्राहकहरूलाई झन्झटमुक्त र सहज खरिद अनुभव प्रदान गर्न प्रतिबद्ध छ।