आगामी वैशाख १० गते  हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । चितवन–२ र तनहुँ–१ मा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने या अन्य पार्टीका उम्मेदवारलाई सघाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन् ।

यसअघि नेपाली कांग्रेसले पनि आउँदो १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने निर्णय गरिसकेको छ ।