नेकपा एमालेले नेता भीम रावलसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले रावलसँग छलफल गरेर आवश्यक निश्कर्ष निकाल्न कार्यदल बनाएको बताइएको छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्णबहादुर थापा सदस्य रहेको समिति बनाइएको हो । कार्यदलले रावलका असन्तुष्टीबारे निचोड निकाल्ने छ । उता रावलले एमालेसंग छलफल गरि एस तिर हानिने मोड बनाएको बुझिएको छ ।साथै  आगामी उपनिर्वाचनको निम्ति एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उठाउने निर्णय गरेको छ । बारा २ बारे भोलिको बैठकले निर्णय गर्ने बताइएको छ ।