१ सांसद निलम्बनमा परेका छन् । हालको सत्ता गठबन्धन बन्दा र प्रचण्ड प्रधानमन्त्री हुँदा प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ ।

सभामुखका लागि एकभन्दा बढी उम्मेदवारी दर्ता भएकाले क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुवै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको कुल सदस्य संख्यामध्ये बहुमत ल्याउने उम्मेदवार सभामुख निर्वाचित हुनेछन् । सो व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख छ ।

राजधानी दैनिक बाट