मुम्बई । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म पठान रिलिज हुनु भन्दा २७ दिन अघि नै बिदेशमा अग्रिम बुकिङ हाउसफुल भएको छ । यो फिल्मले अग्रिम बुकिङको अहिले नयाँ नयाँ रेकर्ड बनाएको छ ।

यो फिल्म अबको ८ दिनमा ठूलो पर्दामा रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकमाझ निकै क्रेज देखिएको छ । अमेरिका, युएई, जर्मनी, अष्ट्रेलियालगायत देशमा फिल्मले अग्रिम बुकिङमा राम्रो प्रतिक्रिया पाइरहेको छ । रिपोर्टहरू विश्वास गर्ने हो भने, फिल्मले विदेशी बक्स अफिसमा बम्पर सुरुवात गर्ने देखिन्छ ।

फिल्मको अग्रिम बुकिङ पहिलो पटक जर्मनीमा सुरु भएको थियो । त्यहाँ, फिल्म रिलिज हुनु एक महिना अघि अग्रिम बुकिङ उपलब्ध गराइयो । सबै शो जर्मनीमा २७ दिनदेखि हाउसफुल देखाइँदै थिए । बुकिङ खुलेको केही समयमै यो फिल्मको अग्रिम टिकट ह्याम्बर्ग र बर्लिनका धेरै ठूला थिएटरहरूको टिकटहरू बिक्रि भए।

शाहरुख अझै पनि विदेशमा पनि ठुला पर्दाका राजा हुन् भन्ने कुरा यो फिल्मले फेरी पुष्टी गर्ने समीक्षकहरुको भनाई छ । शाहरुख खान करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । डिसेम्बर २०१८ मा रिलिज भएको फिल्म जिरोपछि सुपरस्टारले लामो ब्रेक लिएका थिए । उनी अब २०२३ मा तीनवटा फिल्म लिएर फर्कदैछन्। उनका फ्यानहरुको क्रेज फरक तहमा छ भन्ने कुरामा कुनै शंका छैन ।

पठानले अहिलेसम्म मध्यपूर्वको बजारमा पहिलो दिन ३५०० टिकट बिक्री गरिसकेका छन् । जुन ५० हजार डलर हो। यदि अग्रिम बुकिङ हेर्ने हो भने पठान यहाँका सबै रेकर्ड तोडेर शाहरुखको सबैभन्दा ठूलो ओपनिङ फिल्म साबित हुन सक्छ ।

अष्ट्रेलियामा फिल्मको ३ हजार टिकट करिब ७५ हजार अष्ट्रेलियन डलर अर्थात ४२ लाख ५५ हजार ९०५ रुपैयाँमा बिक्री भईसकेको छ । विशेष कुरा के छ भने फिल्मले कमाई गर्न ५ दिनको लामो विकेन्ड छ । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ ।

योसँगै फिल्मलाई लिएर जर्मनीमा चर्को क्रेज देखिएको छ । जर्मनीमा फिल्मले ५ दिनको सप्ताहन्तमा करिब ८ हजार ५०० टिकट ( एक लाख २५ यूरो) बिक्री गरेको छ । रिपोर्टका अनुसार अहिलेसम्म ४ हजार ५०० भन्दा बढी टिकट बिक्री भइसकेको छ । उद्घाटन दिनको लागि मात्र बिक्री भएको छ ।अहिलेसम्म पठानले जर्मनीबाट मात्रै १५ हजार युरो अर्थात करिब डेढ करोड रुपैयाँको व्यापार गरेका छन् ।