सर्वदलीय बैठकबाट किन छिट्टै बाहिरिए ओली ?
प्रधानमन्त्री निवास बालवाटारमा जारी सर्वदलीय बैठकबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दलहरुसँग छलफलको लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी छन् । उच्च श्रोतका अनुसार बैठकमा राष्ट्रपति र सभामुखको निर्वाचनबारे छलफल भएको हुँदा धेरै कुरा नगरी ओलि बाहिरको बुझिएको छ ।