चीनसङ्गको व्यापार प्रवर्धन कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

अस्ति नेपाल आएको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसीपीआइटी) का उपाध्यक्ष झाङ साओगाङ नेतृत्वको सात सदस्यीय प्रतिनिधि मण्डलको अग्रसरतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । टोलीमा सु चिन्ली,लि सुआई,ल्यु सिआङमिङ,चङ चिउ, वाङ याकुन र चियाओ चुन्ची रहेका छन् ।

बंगलादेश हुँदै नेपाल आएको टोली भोलि दिउँसो स्वदेश फर्कने कार्यक्रम छ । यसबीच चीन सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न नेपाललगायत विश्वका ४० वटा मुलुक खुल्ला गरेको छ । कोभिड महामारीपछि रोकिएको वैदेशिक यात्रा खुल्ला गरेपछि अब नेपालमा चिनियाँ पर्यटक र विदेशी लगानी भित्रिने बाटोसमेत खुलेको छ । यसैक्रममा भोलिदेखि छन्तुबाट सछ्वान एअरले उडान शुरु गर्दछ भने चाइना इस्टर्न पनि उडान सुचारु गर्ने लाइनमा छ । सोही सन्दर्भमा आज काठमाडौंमा नेपाल–चीन लगानी सम्मेलन हुन लागेको हो ।