सगरमाथा इन्स्योरेन्स कम्पनी लि। र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकिकृत कारोबारको सुरुवात

सगरमाथा इन्स्योरेन्स कम्पनी लि। र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। SALICO को एकिकृत कारोवार आज मितिः २०७९ साल फाल्गुण २९ गतेदेखि प्रारम्भ भयो । यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा बिशेष पूजा तथा कार्यक्रमको आयोजना गरियो ।
त्यसैगरी, आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरिएको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि। का तर्फबाट श्री अजिथ आर। गुणवर्द्धने, ९संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका० श्री सिद्धार्थ मणि राजभण्डारी, ९संस्थापक समूह०श्री गजेन्द्र लाल श्रेष्ठ, ९सर्बसाधारण समूह० र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। का तर्फबाट श्री मनोहर दास मुल, ९संस्थापक समूह०श्री अरुण राज श्रेष्ठ, ९संस्थापक समूह०श्री कमल भटृराई, ९सर्बसाधारण समूह० गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ । त्यसै गरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। का अध्यक्ष श्री मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष श्री मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।