काठमाडौं । सभापति रवि लामिछाने विरुद्ध खरो उत्रिएका रास्वपाका महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही हुने भएको छ । प्रवक्तासमेत रहेका ढकाललाई रास्वपाबाट निकाल्न लागिएको स्रोतको दावी छ ।  ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने तयारी गरेको छ ।  केन्द्रीय समिति बैठक बसिरहेको छ । यसअघि आन्तरिक प्रतिवेदनका विषय मिडियामा चुहाएर पार्टीलाई बदनाम गरेको भन्दै अनुशासन समितिले साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्न सिफारिस गरेको थियो ।  ढकालले पार्टीको निर्देशन अनुसार देशका विभन्न स्थानमा घुमेर अवस्थाबारेको प्रतिवेदन तयार पारेका थिए । पार्टी निरन्तर कमजोर हुँदै गएको, सभापतिको कार्यशैली उचित नभएको भन्दै ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाएका थिए ।