काठमाडौं । राजनीतिक दाउपेच चर्को भईरहेका बेला राजनीति दलका नेता तथा सांसदहरुले विभिन्न गितहरुलाई विम्ब बनाएर प्रहार गरिरहेका छन् ।  सरकारलाई अल्पमतमा पारेर नेकपा एमाले बाहिरिदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फत्तेमान राजभण्डारीको गित गुन्गुनाएका थिए । ‘‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले….।’ एमालेले धोका दिएको अर्थमा उनले यस्तो भावुक गित सुनाएका थिए । आज मात्रै संसदको प्रतिनिधि सभामा एमाले सांसद ठाकुर गैरेले प्रचण्डले बरु उडायो सपना सवै हुरीले गित गाए हुने भन्दै ब्यङ्ग्य कसे ।  एमालेको गितको जवाफ माओवादीका अर्का सांसद पूर्णबहादुर घर्तीले दिइहाले । सिलाबहादुर मोक्तानले संगित गरेको कुन्ती मोक्तानको गित सुनाए । उनले भने, ‘कति जल्छौं आरिसले अझै जल्दै गरे, मत हिड्छु आफ्नै बाटो खुट्टा तान्दै गर…।