भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । १० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

गुयनामा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।

भारतका लागि अक्षर पटेल र कुल्दीप यादवले ३-३ तथा जसपृत बुमराहले २ विकेट लिए । इङ्ल्याण्डका लागि ह्यारी ब्रूकले २५, जोश बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । अघि हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनायो ।

भारतका लागि कप्तान रोहित शर्माले ५७,सूर्यकुमार यादवले ४७ र हार्दिक पाण्ड्याले २३ रन बनाए । रवीन्द्र जडेजाले नट आउट १७ र अक्षर पटेलले १० रन जोडे। इङ्लिस टोलीका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर र आदिल रसिदले समान १ विकेट लिए ।