काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ। अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्।  बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ।  परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेकार्य बाँकी छ । अन्य मन्त्रीहरूले जवाफ दिने क्रम सकिएकाे छ । विनियाेजनका सवै शीर्षकमाथि जवाफ दिने क्रम सकिएपछि बजेट पारित गरिनेछ ।   अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदबाट नयाँ आर्थिक वर्षका लागि १८ खर्व,६० अर्व ३० कराेडकाे बजेट ल्याएकाे थिए ।